

एजेन्सी ।
पाकिस्तानले बाबर आजम र मोहमद रिजवानलाई टी–२० टिमबाट बाहिर राखेको छ । यही मार्च १६ देखि हुने न्यूजील्याण्डविरुद्धको सिरिजका लागि पाकिस्तानले आजम र रिजवानलाई टी–२० सिरिजबाट ड्रप गरेको हो ।
टी २० टिमका लागि पाकिस्तानले सलमान अली आगालाई कप्तान बनाएको छ । पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिएको छ । आइसीसी च्याम्पियन्स ट्रफीमा खराब प्रदर्शनपछि पनि रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिइएको हो ।
त्यस्तै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय टिमबाट हटाइएको छ । त्यस्तै टी २० को कप्तान बनाइएका आगाले एकदिवसीय खेलहरुमा उपकप्तानको भूमिका निभाउने बोर्डले जनाएको छ ।
न्यूजील्याण्ड टूरका क्रममा पाकिस्तानले ५ टी–२० र ३ एकदिवसीय खेलको सिरिज खेल्ने छ ।
