

जनकपुरधाम ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकता नगर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जनकपुरधाममा संचारकर्मीहरुसंग कुरा गर्दै पार्टी एकीकरण गर्नुपर्ने विषय प्रवेश अहिलेसम्म नगरेको र कुनै पार्टीसंग एकताको सम्भावना नरहेको बताए ।
यद्यपि कार्यगत एकता जोसँग पनि सम्भव छ,’ खनालले भने, ‘मुद्दामा आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ ।’ एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउँदै खनालले राष्ट्रियतामाथि खतरा बढेको पनि बताए । सबै वामपन्थीहरू मात्र होइन, अरु पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् भन्ने प्रश्न खनालले गरे ।
एक अर्को प्रसंगमा खनालले वर्तमान सरकार संकटको पोका बोकेर हिँडेको आरोप लगाए । जसको पछिल्लो उदाहरण केही साता अगाडी जारी गरिएको अध्यादेश रहेको बताए ।
