Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरकारले ५ वटा अध्यादेश भोली सदनमा निर्णयार्थ पेश गर्ने

जसपा नेपालले मधेसको मुख्यमन्त्री खोजेपछि भूमि सम्बन्धी अध्यादेश रोकियो





काठमाडौं ।
सरकारले भूमि सम्बन्धीबाहेकका अन्य ५ वटा अध्यादेश प्रतिनिधि सभाको भोलि फागुन २१ गतेको बैठकमा पेश गर्ने भएको छ । आर्थिक गतिविधि वृद्धि गर्ने र अर्थतन्त्र चलायमान गर्न सहज हुने ५ वटा अध्यादेश संसदका दुवै सदनमा पेश हुने भएका हुन् ।
भूमि सम्बन्धी अध्यादेशमा भने जसपा नेपालले असहमति जनाएका कारण अझै थप छलफल गरेर प्रतिस्थापन विधेयक ल्याउने वा अन्य उपायबारे थप छलफल भइरहेको छ । जसपा नेपालले साथ नदिँदा राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले योबाहेक अन्य अध्यादेश पेश हुन लागेको हो ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भोलिको प्रतिनिधि सभा बैठकमा अध्यादेश पेश हुने बताए । त्यसअघि आजै दिउँसो सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
जसपा नेपाल अरू अध्यादेश पारित गर्न सहमत भएको छ । यसअघि बालुवाटारमा भएको बैठकमा धेरै विषयमा सहमति जुटेको बताइएको छ । जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्रीमा अडान राखेको छ । अहिले कांग्रेस एमालेले जनमत पार्टीलाई मुख्यमन्त्रीमा सघाएका छन् ।
मधेशमा जनमतका सीके राउत र जसपाका उपेन्द्र यादवबीच बेमेल छ । राष्ट्रिय सभामा जनमतको प्रतिनिधित्व नभएकाले कांग्रेस एमाले उपेन्द्रलाई समेट्ने दबाबमा छन् । मधेशको मुख्यमन्त्री र संघीय सरकारमा पनि मन्त्रालय पाउँदा जसपा नेपाल भूमि अध्यादेश पनि पारित गर्न तयार रहेको छ ।