Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीमा गोदाम घरमा प्रहरीको छापा, २४ क्विन्टल गाँजा बरामद

घटनास्थलबाट बीआर शून्य जेबी ९७३५ नम्बरको सेतो स्कारपियो, डब्लु बी ७४ एम १५५८ नम्बरको मारुती  कार खाली अवस्थामा फेला परे





राजविराज ।

सप्तरी प्रहरीले राजविराज नगरपालिका–९ मलेठबाट ठूलो मात्रामा लागूऔषध गाँजा र अन्य अवैध सामान बरामद गरेको छ।

सोमबार प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन स्याउ तथा हार्डवेयर सामग्री बरामद गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, तथा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी छापा मारेको थियो ।

गोदाम घरको बाहिरी गेटमा ताल्चा लगाएको अवस्थामा गोदामको कम्पाउन्डभित्र दुई ट्रकमा पल्टी गरिएका १४२ कार्टुन स्याउ समेत बरामद भएको छ ।

त्यस्तै, घटनास्थलबाट बीआर शून्य जेबी ९७३५ नम्बरको सेतो स्कारपियो, डब्लु बी ७४ एम १५५८ नम्बरको मारुती  कार खाली अवस्थामा फेला परेको छ ।

गोदाम घरको स्वामित्वबारे स्पष्ट जानकारी नभए पनि प्रहरीले सम्बन्धित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।