

जनकपुरधाम ।
लेनदेन मुद्दामा जनकपुरधाम १ का पूर्व वडाध्यक्ष शत्रुधन साहलाई प्रहरीले आज पक्राउ गरेको छ ।
साह महावीर युवा कमिटीका पूर्व अध्यक्ष धर्मेन्द्र साहसँग पैसा लिएका थिए । पैसा फिर्ता नगरेपछि जिल्ला अदालत धनुषाद्वारा शत्रुधन माथि २०८१ फागुन १२ गते पक्राउ पूर्जि जारी गरिएको थियो । अदालतको आदेशमा शत्रुधनलाई २ वर्ष कैद राख्ने भएकाले अदालतमा उपस्थिति गराइदिन प्रहरीलाई अनुरोध गरिएको थियो ।

