Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अनेरास्ववियुले १४ क्याम्पसमा टुंग्यायो स्ववियु सभापतिका उम्मेदवार, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा सभापतिका उम्मेदवार पुरुषोत्तम चौधरी





जनकपुरधाम ।

एमाले निकट अनेरास्ववियुले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १४ वटा क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीका अनुसार फागुन १९ गते बिहानसम्म देशका १४ वटा प्रमुख क्याम्पसको सभापति पदका उम्मेदवार टुंगो लागेका हुन् ।

काठमाडौँ । एमाले निकट अनेरास्ववियुले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १४ वटा क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीका अनुसार फागुन १९ गते बिहानसम्म देशका १४ वटा प्रमुख क्याम्पसको सभापति पदका उम्मेदवार टुंगो लागेका हुन् ।  जसमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिद्धान्त भट्ट,रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा लोकेश खड्का, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुरमा पुरुषोत्तम चौधरी सभापतिका उम्मेदवार टुंगो लागेको छ ।

त्यसैगरी वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा पवन यादव, ग्रामीण आदर्श क्याम्पस, नेपालटारको सभापतिमा बैकुण्ठ (अशोक) खनाल,पशुपति बहुमुखी क्याम्पसमा सोनाम मोक्तान, एनआर क्याम्पस नेपालटारमा निरज श्रेष्ठ, पब्लिक युथ क्याम्पस,धोबिचौरमा निराजन विक्रम शाही, कोटेश्वर बहुमुखी, कोटेश्वरमा शर्मिला भण्डारी, अनिश बोगटी महेन्द्र मोरङ, सर्लाही बहुमुखी क्याम्पस सर्लाहीमा कृष्ण कुमार यादब चिन्टु, महेन्द्र बहुमुखी दाडमा सागर पण्डित सभापतिका उम्मेदवार टुंगो लागेका छन् ।

पूर्वाञ्चल क्याम्पस धरानमा ईश्वर बन्जाडे, पंकज गुप्ता महाराजगन्ज मेडीकल क्यापस र जनप्रिय क्याम्पस पोखरा आविष्कार के.सी सभापतिका उम्मेदवार टुंगो लागेका हुन् ।

स्ववियु चुनाव अन्तर्गत आज सोमबार संघ/संगठन दर्ता हुँदै छन् ।चैतमा ५ हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा सोमबार दिउँसो तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम तय भएको हो ।

निर्वाचन कार्यक्रमअनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित, २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध र छानबिनको कार्यतालिका छ ।