Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धुलिखेल अस्पतालका चार जना चिकित्सक निलम्बन, विद्यार्थीको आत्महत्या दुरुत्साहन कार्यमा संलग्न रहेको आरोप





काठमाडौ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का चार जना चिकित्सक निलम्बन भएका छन् । अस्पतालमा एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीको आत्महत्या दुरुत्साहन कार्यमा संलग्न रहेको आरोपमा चार चिकित्सकलाई एक साताका लागि निलम्बन गरिएको हो ।

अस्पतालको मनोचिकित्सा विभागका डा.अजय रिसाल, दीपक कुँवर, डा.वर्षा श्रेष्ठ र डा.रिका रिजालले उनलाई यातना दिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । उनीहरूलाई फागुन १६ गतेसम्म एक साताका लागि निलम्बन गरिएको थियो ।

यही फागुन ४ गते उनले आत्महत्याको प्रयास गरेका थिए । सो घटनाको प्रारम्भिक अनुसन्धानमा ती विद्यार्थीलाई सताउने कार्य गरेको पाइएको स्रोतले जनाएको छ । ‘४ गतेको घटना हो । काउन्सिलले टोली खटायो । प्रारम्भिक अनुसन्धान गर्‍यो,’ स्रोतले भन्यो, ‘सो अनुसन्धानमा अलिकति दुःख दिएको, हरसमेन्ट गरेको देखियो ।’

धुलिखेल अस्पतालको घटनाबारे काउन्सिलले छानबिन समिति गठन गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।