Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गृहमन्त्री लेखकले सदनबाटै रिंकु सदा घटनाबारे भने– दोषीलाई छोडिने छैन, कडा कारबाही हुन्छ





काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले सिराहको नवराजपुर गाउँपालिकाकी १७ वर्षीय रिंकुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्यु भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभामा बोल्दै उनले दोषीलाई कडा कारबाही हुने प्रतिबद्धता जनाए । ‘सरकारको तर्फबाट, म आफ्नो तर्फबाट यस घटनामा जति पनि मानिसहरू संलग्न छन् अपराधमा संलग्न भएका मानिसहरूलाई क्रियाशिलतापूर्वक खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुन बमोजिम कडा कारबाही गर्ने कुरामा पूर्ण प्रतिवद्ध छु र सम्मानित सदनमा पुनः प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
गृहमन्त्री लेखकका अनुसार गत माघ ३० गते रिंकु कुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो सम्बन्धमा स्थानीय १९ वर्षीय रुपेश मण्डलको विरुद्धमा आत्महत्या दुरुत्साहन शीर्षकमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ ।
फागुन ८ गते मृतकको आमाको तर्फबाट आठ जनाविरुद्ध पूरक जाहेरी परेको छ । जसमा अपहरण गरेर नियन्त्रणमा लिइ सामूहिक रुपमा जबरजस्ती करणी गरेर हत्या गरेको आरोप छ । त्यसमै पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न खोजेको अन्तर्गतको कसूर पनि छ ।
ती आठै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्ये पञ्चायतमा संलग्न तीन जना पक्राउ परिसकेका छन् । पीडकलाई पक्राउ गरेर छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।