Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माओवादीले हेरफेर गर्यो अभियानको समय तालिका





काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले फेरि ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समय तालिका हेरफेर गरेको छ । शनिबार सर्लाहीदेखिका कार्यक्रम १/१ दिन पछि सारेर तालिका हेरफेर गरेको माओवादीले फेरि अर्को सर्कुलर पठाएर महोत्तरीदेखिको कार्यक्रमको समय तालिका परिवर्तन गरिएको जनाएको छ ।
‘२०८१/११/०५ र २०८१/११/१७ गते जारी गरिएको जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान सम्बन्धी कार्यक्रमको कार्यतालिकामा महोत्तरीदेखि पश्चिममा अभियानका कार्यक्रम स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेका कारण अभियानको कार्यतालिका परिवर्तन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको नयाँ सर्कुलरमा भनिएको छ ।
जसअनुसार महोत्तरीमा फागुन २२ गते अभियान भएर सर्लाहीमा फागुन २३, रौतहट– फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ । यस्तै मगर मोर्चाको उद्घाटन बुटवलमा फागुन२८ हुने छ भने त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।
चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन हुनेछैन ।
यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिनेछ । यसअघि चैत ७ मै सकिने भनिएको अभियान अब १२ गतेमात्रै सकिने भएको माओवादीको भनाइ छ ।
फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तक्र्रिया, जनभेटघाट आदि रहेका छन् । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएका छन् भने कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरू आयोजना गर्ने गरिएको माओवादीले जनाएको छ ।
अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली रहेका छन् ।
यस्तै सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक समेत अभियानमा सहभागी छन् ।
अभियानअनुसार हालसम्म फागुन १२ गते झापापछि मोरङमा फागुन १३, सुनसरीमा फागुन १५, सप्तरीमा फागुन १६ र फागुन १७ गते सिरहामा कार्यक्रम सम्पन्न भएको छ ।