Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बैतडीमा गोली हानी युवकको हत्या, भरुवा बन्दुकसहित फरार





कञ्चनपुर ।

बैतडीमा शनिबार राति गोली हानी युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका-८ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार चौसिलाकै ४० वर्षीय कर्णबहादुर विष्टले भरुवा बन्दुकले गोली प्रहार गर्दा सुरेन्द्र गम्भीर घाइते भएका थिए। उपचारका क्रममा जिल्ला अस्पतालमा उनको मृत्यु भएको हो।

सुरेन्द्र जिप चालक थिए। कर्ण बहादुर र सुरेन्द्र नातेदार हुन्।

रिसइबी कारण गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। कर्ण बहादुर र सुरेन्द्रबीच यसअघि पनि झगडा भएको खुलेको छ।

त्यसपछि उनी चौसिलामा जिप पार्किङ गरेर खाना खाइरहेका थिए। त्यसैबेला रौलेश्वर माध्यमिक विद्यालय नजिकैबाट कर्णबहादुरले सुरेन्द्रलाई गोली हानेका थिए।

प्रहरीका अनुसार ५/७ फिटको दूरीबाट गोली हानिएको थियो।

गोली प्रहार गर्ने कर्णबहादुर बन्दुकसहित फरार छन्। उनको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।