

सामान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ। तर, सिनोमा गिद्धको लुछाचुँडी, गिद्धको चर्तिकला, आकाशमा उडिरहेका बथान र पर्यावरणीय महŒवलाई हेर्यौं भने त्यस्तो कदापि लाग्दैन।
सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार नगरी केवल मरेका जनावरको मासु अर्थात् सिनो मात्रै खान्छन्। गिद्धहरू अहिंसावादी चरा हो। यसले सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्छ। गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ। यो पर्यावरणीय चक्र, खाद्यशृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो। सिनोलाई गिद्धले छोटो समयमै दोहन गर्न सक्छ। यदि गिद्ध भएन भने भुस्याहा कुकुर, स्याल, मुसा आदिको संख्यामा वृद्धि हुन्छ। फलस्वरुप मानिसमा रेलिजन, प्लेग, हैजा, आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरूको संक्रमणले महामारीको रूप लिनसक्छ। एक अध्ययनअनुसार एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर बराबरको सिनो सफाइमा योगदान पुर्याउँछ। गिद्ध स्वस्थताको सूचक पनि हो।
सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धको पेटमा रहेको अत्यधिक अम्लीय रसले हानिकारक किटाणुहरू भएको सडेगलेको मासु पनि सहजै पचाउँछ । गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यत्तिकै सड्छ जसमा भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा वृद्धि भई मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखाला जस्ता घातक रोगहरू फैलिन सक्छन् । पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खलालाई सन्तुलनमा राख्न र पारिस्थितिकीय स्वस्थता कायम राख्न गिद्धको उपस्थिति अनिवार्य छ ।
गिद्धको पर्यावरणीय सँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ । हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बाहनको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बतेली मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई खुवाउँछन् । गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रुपमा पुज्ने गरिन्छ ।
गिद्ध विनाश हुनाका मुख्य कारण घरपालुवा पशुको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो । पशुमा सुन्निएको र दुखेको निको पार्न यसको प्रयोग हुन्छ । डाइक्लोफेनेकले उपचार गरिएका पशु मरेमा उक्त पशुको सिनो खाने गिद्ध पनि मिर्गौला असफल भई मर्छ । गिद्धहरु समूहमा खाने हुँदा डाइकलोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठुलो सङ्ख्यामा मर्छन् । मात्र ३० मिलिलिटरको एक भायल डाइक्लोफेनेक प्रयोग गरिएको एउटै सिनोबाट ३५० देखि ८०० वठा गिद्ध मर्ने भएकाले नै यो औषधि गिद्ध विनाशमा प्रमुख कारण बन्न पुग्यो । यसका साथै अरु सहायक कारणहरु बासस्थानको विनाश, र आहारामा कमी पनि हुन् । अन्य मांसाहारी जनावरलाई लक्ष्य गरी सिनोमा विष राखिदिँदा पनि यो पन्छी शिकार बन्ने गरेको छ । अवैज्ञानिक ढङ्गबाट विस्तार गरिएका विद्युतीय तारले पनि गिद्धहरुको ज्यान लिएको पाइन्छ ।
धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ। उनीहरूले गिद्धलाई मृतकको आत्मा स्वर्ग पुर्याउने दूतका रूपमा पुज्छन्। विश्वमा २३ प्रजाति र नेपाललगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरू पाइन्छन्।
जानौं गिद्धका बारेमा केही रोचक जानकारी।
गिद्ध सबैभन्दा उचाइमा उड्ने पक्षी हो। सन् १९७३ मा आईभरी कोस्टमा ३७ हजार फुटको उचाइमा गिद्ध उडेको रेकर्ड छ।
सगरमाथाको उचाइभन्दा माथि उड्ने अरु चरालाई अक्सिजनको समस्या पर्छ भने गिद्ध त्यहाँ पनि उड्न सक्छ।
अफ्रिकामा हरेक वर्ष मरेका जंगली जनावरको मासु र कंकाल झन्डै चार करोड टनभन्दा धेरै हुन्छ। तीमध्ये धेरैजसो गिद्धले नै खाएर वातावरणलाई स्वच्छ बनाउन मद्दत गरेको छ।
महामारी फैलाउन सहयोग गर्ने जंगली कुकुर र स्यालको संख्या बढ्न नदिन गिद्धले ठूलो भूमिका खेलेको छ।
गिद्धले आफ्नो भोजनको खोजीमा धेरै टाढासम्म उडान भर्छ।
रपल्स नामक गिद्ध ताञ्जानियादेखि आहाराको खोजीमा केन्या हुँदै सुडान र इथोपियासम्म पुगेको दृश्यलाई संरक्षणकर्मीहरूले क्यामेरामा कैद गरेका छन्।
टर्कीमा पाइने गिद्धले आफ्नै खुट्टामा पिसाब गर्छन्। वैज्ञानिकहरूको अनुमान अनुसार उसले विभिन्न रोग लाग्न नदिनका लागि खुट्टामा पिसाब गर्ने गरेको हो।
दक्षिण अफ्रिकामा पाइने केप गिद्ध एकपटकमा एक हजार किलोमिटरको दूरीसम्म उडान भर्न सक्छ।
विज्ञका अनुसार गिद्धले लामो दूरी तय गर्दा बिजुलीको प्रसारण लाइनलाई आधार मानेर उड्छन् ।
