Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसलाई १० अर्ब डलर खर्चेर टोयोटाले बनाउँदै छ ‘भविष्यको सहर’





युरी कागियामा

जापानमा माउन्ट फुजीनजिकै वुभन सिटी छ। त्यही सिटीमा विश्वचर्चित कम्पनी टोयोटा आफ्नो सपना साकार पार्ने योजना बुन्दै छ।

दैनिक जीवनसित रोबोटहरु, आर्टिफिसियल इन्टेलिजेन्स र शून्य कार्बन उत्सर्जन प्रविधिसहितको यातायात प्रणाली जोडेर भविष्यको सहर बनाउने योजना कम्पनीले बनाएको हो।

यस परियोजनाका कार्यकारी प्रमुख दाइसुकी तोयोदा यो स्मार्ट सिटीभन्दा फरक हुने बताउँछन्।

‘हामी यातायातका लागि एउटा परीक्षण गर्ने क्रममा छौँ, त्यसकारण यो स्मार्टसिटीभन्दा फरक हो’, उनले भने, ‘हामी रियल इस्टेट डेभलपर हैनौँ।’

यससम्बन्धी संरचना अवलोकन गर्दै उनले पहिलो चरणको निर्माणकार्य सकिएको बताए।

कम्पनी यसका लागि परियोजनामा १० अर्ब अमेरिकी डलर खर्च गर्ने योजनामा छ।

पहिलो चरणमा ४७ हजार वर्गमिटरमा संरचना बन्नेछन्। पूरै बनिसक्दा यो २ लाख ९४ हजार वर्गमिटरको हुनेछ।

तोयोदाका अनुसार यहाँ टोयोटा मोटर कर्पको अटो प्लान्ट पनि हुनेछ। जहाँ अनुसन्धान गर्न चाहने र स्टार्टअपहरुले आआफ्ना विचारहरु बाँड्न सक्ने कम्पनीको भनाइ छ।

भविष्यको सहरको कल्पनामा यो योजना अगाडि सारिएको कम्पनीले जनाएको छ। विश्वमा धेरै ठाउँमा यस्ता सहरको कल्पना गरिएका छन्। ती सबै पूरा भइसकेका छैनन्। टोरन्टोमा गुगलको मातृकम्पनी अल्फाबेटले बनाउने प्रस्ताव गरेको छ। त्यसबाहेक साउदी अरेबियामा निअम तथा सनफ्रान्सिस्कोनजिकै अर्को योजना छ।

यता आबुधाबी विमानस्थलनजिकै मास्डार सिटीको पनि विकास गर्ने बताइएको छ।

वुभन सिटीको निर्माण सन् २०२१  मा सुरु भएको थियो। यहाँका सबै भवनहरु भूमिगत बाटाहरुसँग जोडिएका छन्। जहाँ स्वचालित सवारीसाधनहरुले फोहोर संकलनदेखि डेलिभरीसम्मका कार्य गर्नेछन्।

 

(तस्बिर : एपी/वुभन)

 

यहाँ अहिलेसम्म कोही पनि बसिरहेका छैनन्। सुरुमा यहाँ १०० जना मात्रै राखिनेछ। उनीहरु टोयोटा र यससम्बद्ध कम्पनीका कर्मचारी हुनेछन्।

सुरुमा यहाँ विद्युतीय सवारीसाधन प्रयोगको थोरै कुरा थियो। जब टेस्ला र बीवाईडी उदाए, टोयोटा अहिले यस सहरमा हाइड्रोजनको प्रयोगलाई जोड दिइरहेको छ।

टोयोटाका अधिकारीहरु यस सहरबाट कम्पनीले पैसाको आशा नराखेको बताउँछन्।

 

(तस्बिर : एपी/वुभन)

 

क्विक कर्पोरेट भ्यालुएसन रिसर्च सेन्टरका एक अटो विश्लेषक केइसुकी कोनिसी टोयोटाले अमेरिकामा वायमोजस्तै यहाँ रोबोटिक राइड्सलाई प्रयोग गर्न चाहेको बताउँछन्।

यसका लागि कम्पनीसँग पैसा पर्याप्त रहेको उनी बताउँछन्।