Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आईसीसी च्याम्पियन्स ट्रफी: अफगानिस्तान र अस्ट्रेलियाले अंक बाँडे





लाहोर । 

आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत अफगानिस्तान र अस्ट्रेलियाबीचको खेल नतिजा बिहीन भएको छ।

वर्षाका कारण खेल रद्द हुँदा दुवै टोलीले अंक बाँडेका छन्। अंक बाँडेसँगै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ।

च्याम्पियन्स ट्रफीको ३ खेलमा १ खेलमा जित र दुई खेलमा अंक बाँडेको अस्टे«लिया ४ अंकमा शीर्ष स्थानमा रहँदै अंक बाँडेको हो।

अफगानिस्तानलाई भने सेमिफाइनलमा पुग्न समूह चरणको अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ।

आफ्नो समूह चरणको अन्तिम खेलमा आज दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दैछन्। दक्षिण अफ्रिका अन्तिम खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गर्न चाहन्छ।

इङ्ल्यान्ड भने यसअघि नै लगातार दोस्रो हार व्यहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ। यी दुई टोलीबीचको खेल कराचीमा आज दिउँसे पौने ३ बजे सुरु हुनेछ।

पाकिस्तानको लाहोरमा भएको खेलमा अफगानिस्तानले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको अस्टेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १ सय ९ रन बनाउँदा वर्षा बाधक बनेपछि खेल अघि बढ्न सकेन।

वर्षाका कारण खेल हुन नसेपछि दुवै टोलीले अंक बाँडेका हुन्।