Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक





काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्।

शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाइएका हुन्।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री ओलीले राजनीतिक संयन्त्रको बैठक बोलाएको जानकारी दिए।

बैठकमा समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने घिमिरेले बताए।

तर, प्रधानमन्त्री ओलीको सचिवालयले भने प्रधानमन्त्रीले बैठक बोलाए पनि आजको बैठकमा प्रधानमन्त्री आफैँ भने सहभागी नहुने जनाएको छ।