Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

३ किलो बढी सुनसहित त्रिभुवन विमानस्थलबाट ४ जना पक्राउ





काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
आरोपीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको छ । पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर तुर्सुनोभ छन् । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी राठौरले जानकारी दिए ।