Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मिथिला विहारीको डोला जनकपुरधाममा, शुक्रबारबाट मध्यमा परिक्रमा शुरु हुने





जनकपुरधाम ।
विश्वकै सबैभन्दा लामो धार्मिक पद यात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमाको डोला मिथिला विहारी नगरपालिकास्थित कचुरी मठबाट निस्किएको छ । फागुन औँसीका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मूल डोला सञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा सीतारमको मूर्ति सजाएर परिक्रमा गर्ने गरिन्छ ।
मिथिला बिहारीको डोला तथा जनकपुरधामस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि मध्यमा परिक्रमाको विधिवतरुपमा शुरुवात गर्ने परम्परा रहेको मिथिला विहारी कचुरी मठका महन्थ रामनरेश शरणले बताए ।
मिथिला विहारी मठबाट निकालिएको मिथिला विहारीको डोला आज जनकपुरधामस्थित हुनमान नगरमा विश्राम गर्ने उनले बताए । परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु शुक्रबार बिहान पुजा अर्चना गरेर भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्ने छन् ।
नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा जनकपुरधामको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर परिक्रमा जनकपुरधाम फर्केर विश्राम गर्छन् । फागुन पुर्णिमाका दिन परिक्रमामा सहभागीहरु जनकपुरधामको परिक्रमा अर्थात अन्तगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्दछन् । परिक्रमामा सहभागी श्रद्धालुहरु नेपालको १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा गर्छन् ।