Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

५० लाख डलरको गोल्ड कार्ड बेचेर अमेरिकी नागरिकता दिने ट्रम्पको घोषणा





एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिकाको नागरिकता दिने नयाँ योजना अघि सारेका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले विश्वका धनी मानिसहरूलाई ५० लाख डलरको गोल्ड कार्ड बेच्ने घोषणा गरेका हुन् । यसलाई अमेरिकामा ५० लाख डलरमा अमेरिकी नागरिकता साटफेर गर्ने प्रस्ताव भनिएको छ ।
राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भने– हामी गोल्ड कार्ड बेच्दैछौं, तपाईँसँग ग्रीन कार्ड छ, यो चाहिँ गोल्ड कार्ड हो । हामीले यो कार्डको मूल्य करिब ५ मिलियन डलर राखेका छौँ र यसले यसले ग्रीन कार्डको सुविधामात्र नभएर अमेरिकी नागरिकता प्राप्तिको रुट पनि हो । यो गोल्ड कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउनेछन् ।
गोल्ड कार्ड करिब २ सातापछि विक्री शुरु हुने ट्रम्पले बताएका छन् । ५० लाख डलर भनेको आजको मूल्यमा नेपाली रुपैया करीव ७० करोडजति हुन्छ ।
सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । उनले केही रुसी धनाढ्यहरू अत्यन्तै राम्रा मान्छेका रूपमा आफूले चिनेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पसँगै उभिएका वाणिज्य मन्त्री होवार्ड लुटनिकले यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने बताएका छन् ।
इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि दिने गरिन्छ ।