

जनकपुरधाम ।
रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको प्रागंणमा कर्मचारीहरु बीच भएको विवादलाई लिएर माओवादी केन्द्रका नेता मातृका यादव आश्चर्यचकित रहेका छन् । क्याम्पस प्रमुख बसन्त कर्णको अगाडी सो घटना भएको थियो ।
मतृकाले समाजिक सञ्जालमा लेखेका छन् – नेपाल राष्ट्रीय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष क. सुरेन्द्र यादव, अखिल (क्रांतिकारी) धनुषाका अध्यक्ष क. वृकेश अधिकारी र राराब अखिल (क्रांतिकारी) इकाइ अध्यक्ष क. सुशान्त यादव लगायत त्यहां अध्ययनरत विद्यार्थीहरूमाथी भएको सांघातिक आक्रमणको निष्पक्ष छानबीन तथा दोषीमाथी कारवाहीको माग गर्दछु ।
परीक्षाको विषयलाई लिएर शुरु भएको विवाद फाइटिगंसम्म पुगेको थियो । सो घटनामा ४ जना घाइते भएका थिए । घटनाको प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

