Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्वास्थ्य सचिवमा संगीता कौशल मिश्र, विकास देवकोटा र टंक बाराकोटीको नाम सिफारिस





काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको छ। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जना अतिरिक्त सचिवको नाम सिफारिस हो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलको १२ फागुनबाट अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस भएको हो ।

स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य एक जना सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रूपमा पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव छन् ।

‘हामीले सबै कुरालाई नियम अनुसारले सिफारिस गरेका छौं’ एक सदस्यले भने, ‘जेष्ठता, कार्यसम्पादन मूल्यांकनको आधारमा सिफारिस हौं ।’

हालको १२औं तह अर्थात अतिरिक्त सचिवमा बढुवाको हिसाबले हेर्दा डा. संगीता अगाडि देखिन्छिन् । उनी २०७९ असार २३ गते बाह्रौं तहमा बढुवा भएकी हुन् । डा. विकास र डा टंक भने २०७९ चैतमा १३ गते बाह्रौं तहमा बढुवा भएका थिए ।

डा. टंक र डा. विकास भने ११ औं र १२ औं तहमा सँगै बढुवा भएका हुन् । नियुक्ति सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा नियुक्त गर्नेछ ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलको १२ फागुनबाट अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस भएको हो ।

डा. संगीताले २०७० असोज १० गते खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकाल्दै पुन: स्वास्थ्य सेवामा काम सुरु गरेकी हुन् । त्यसयता उनले कोशी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुख भएर काम गरिन् भने स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भइसकेकी छिन् ।

मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल, मन्त्रालयको महत्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिव भइसकेका डा. देवकोटाले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी समालिरहेका छन् ।

डा. टंक बाराकोटी पनि मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् । लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।

स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्तिका लागि कानुनी र राजनीतिक दुवै पक्षले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

तीन अतिरिक्त सचिव अहिले राजनैतिक दौडधुपमा लागिरहेका छन् । मन्त्रालयका उच्च स्रोतका डा. देवकोटा नेपाली कांग्रेस निकट चिकित्सक हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नै डा. देवकोटालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

अहिलेको राजनीतिक समीकरणको हिसाबले हेर्दा एमाले र कांग्रेसकै भागबन्डामा हुने देखिन्छ ।

डा. मिश्रले यसपटक स्वास्थ्य मन्त्रालयको नेतृत्व महिलाले नै पाउनुपर्ने बताउँदै आएकी छन् । यस्तै डा. बाराकोटी भने गृह जिल्ला झापा हो ।

‘एमालेको भागमा परेको खण्डमा डा.बराकोटीको सम्भावना बलियो देखिन्छ । कांग्रेसतिर भने दुई धारमा विभाजन हुने देखिन्छ’ उच्च स्रोत भन्छ, ‘ स्वास्थ्यमन्त्रीले पौडेललाई अगाडि बढाएका छन्। डा. मिश्र भने कांग्रेसको उच्च नेतृत्वसँग दौडधुपमा छिन् ।’

 

यो पनि पढ्नुहोस