Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज बन्यो अहिलेसम्मकै महँगो





काठमाडौ । 

सुनको मूल्यले आज ‘रेकर्ड ब्रेक’गरेको छ। मंगलबार नेपाली बजारमा सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

हिजो सुनको मूल्य एकलाख ७० हजार आठसय रुपैयाँ थियो। हिजोको मूल्यमा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएपछि सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको महासंघले जनाएको छ।

गएको शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य त्यसयता लगातार बढ्दै आएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।

चाँदीको मूल्य भने आज घटेको छ। आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य एक हजार नौसय ८५ रुपैयाँ थियो।