Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शरद ओझा भए बिमा प्राधिकरणको अध्यक्ष





काठमाडौ ।

सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो।

पत्रकारिता र कानुन व्यवसाय पृष्ठभूमिका ओझासँग कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका ओझाले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञको रुपमा काम गरेका छन्। प्राध्यापनमा समेत रहेका उनी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

यसैबीच ओझाले अध्यक्ष नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै प्राधिकरणलाई राम्रो बनाउने बताएका छन्।

नियुक्त भएपछि उनले  भने, “सम्माननीय प्रधानमन्त्री, मन्त्री र मन्त्रिपरिषद्का सबै सदस्यलाई जिम्मेवारी दिनु भएकोमा धन्यवाद। प्राधिकरणलाई राम्रो बनाउने प्रयास हुनेछ।”