Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

‘पोषण स्मार्ट समुदाय’ विषयक प्रादेशिक कार्यशाला सम्पन्न





जनकपुरधाम ।
मधेश प्रदेशमा आयोजित ‘पोषण स्मार्ट समुदाय’ विषयक प्रादेशिक कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा मधेश प्रदेशका रौतहट र सप्तरी जिल्लामा कार्यान्वयन गरिएको ‘पोषणयुक्त नमुना गाउँ परियोजना’ प्रभावकारी बनेको निष्कर्ष प्रस्तुत गरिएको थियो । परोहा नगरपालिका र राजगढ गाउँपालिकामा कार्यान्वयन भएको उक्त परियोजनाले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याएको छ ।
परियोजनाले प्रजनन उमेर समूहका महिलाहरूको आहार विविधता वृद्धि, कृषि उत्पादनमा विविधता ल्याउने प्रयास, स्वास्थ्य, सरसफाइ, स्वच्छ खानेपानी र व्यवहार परिवर्तनमा योगदानलगायतका मुख्य लक्ष्य पूरा गरेको बताइएको छ । परियोजना कार्यान्वयन भएका क्षेत्रका १३ हजार ३८२ घरधुरीका ७८ हजार १६४ व्यक्तिहरू लाभान्वित भएका छन् ।
यद्यपी सो कार्यक्रममा वक्ताहरुले नेपालका योजनाहरू असफल साबित हुँदै गईरहेको बताएका छन् । योजनाहरुको कार्यान्वयन कमजोर हुँदा असफल हुँदै गईरहेको उनीहरुको भनाई छ ।
मधेश प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. भोगेन्द्र झाले नेपालका अघिल्ला सबै योजनाहरू असफल भएको दाबी गर्दै कार्यान्वयन पक्षमा कमजोरी रहेको बताए । उनले भने, ‘नेपाल अहिले १६औं योजनामा प्रवेश गरिसकेको छ । यसअघि १५ वटा आवधिक योजनाहरू व्यतीत भइसकेका छन् । तर, ती योजनाहरूको प्रभावकारिता हेर्दा कार्यान्वयन पक्ष कमजोर देखिन्छ ।’
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विनय कर्णले भने, ‘खाद्य प्रणाली सुधारका लागि मन्त्रालयहरूबीच सहकार्य आवश्यक छ । हामीसँग कृषि तथा भूमि व्यवस्थापनका उपायहरू छन् । तर, कार्यान्वयन चुनौतीपूर्ण रहन्छ ।’
त्यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव मुकुन्द भुसालले कृषि क्षेत्रमा सुधारका लागि नवीनता आवश्यक रहेको बताए । उनले अझै पनि पोषणमुखी कृषि उत्पादनको महत्वलाई सही रूपमा बुझ्न नसकिएको जिकिर गरे ।