Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माओवादी अध्यक्ष प्रचण्डले गरे तराई मधेस जागरण अभियानको उदघाटन





काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन् ।
झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छन् ।
केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन् ।
गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम् जागरण अभियान सञ्चालन हुनेछ ।