

एजेन्सी ।
भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।
कोहलीले २८७ औं इनिङमा १४ हजार एकदिवसीय रनको कोशेढुङ्गा पूरा गरेका हुन् । कोहलीले कम इनिंगमा १४ हजार रन बनाउने किर्तिमान बनाएका छन् । यस अघि भारतकै सचिन तेन्दुलकरले ३५० इनिंगमा र श्रीलंकाका कुमारा संगाकाराले ३८७ इनिंगमा १४ हजार रन पुरा गरेका थिए । साथै कोहली एकदिवसीय क्रिकेटमा १४ हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि सचिन र कुमारा संगाकाराले १४ हजार रन बनाएका थिए ।
जुन २०१७ मा १७५ इनिङमा ८००० एकदिवसीय रन पूरा गरेदेखि उनी यस्ता प्रत्येक १००० रनको कोशेढुङ्गा सबैभन्दा छिटो पूरा गर्ने खेलाडी बनेका छन् ।
समग्रमा, उनी एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा छन्, दोस्रो स्थानमा संगाकारा (१४,२३४)छन् भने शिर्ष स्थानमा सचिन तेन्दुलकर (१८,४२६ रन) का साथ सूचीको शीर्ष स्थानमा छन् ।
कोहलीले एकदिवसीय खेलमा सबैभन्दा धेरै शतक (५०) को रेकर्ड पनि बनाएका छन्, जुन तेन्दुलकरले २०२३ को एकदिवसीय विश्वकपमा तोडेका थिए ।
यसअघि, कोहलीले एकदिवसीय खेलमा भारतको लागि फिल्डरको रूपमा सबैभन्दा धेरै क्याचको रेकर्ड तोडेका थिए, जुन १५८ पुगेको थियो ।
