Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विदेह नगरपालिकाका प्रशासकीय अधिकृतलाई कर्मचारीहरुले कार्यालयमा दिएनन् प्रवेश, माटो ढोगेर फर्किए





जनकपुरधाम ।
धनुषाको विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासको छोराबाट कुटिएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
गत माघ २७ मा लोकसेवा आयोगको सिफारिसमा आएकी शिक्षिकालाई हाजिर गराएको निहुँमा मेयरका छोरा रामभजन साहले प्रशासकीय अधिकृतलाई कुटेका थिए । सो घटनाबारे उनले माघ २८ मा नगरप्रमुखसमक्ष गुनासो गर्दा उल्टै धम्की खाए । त्यसपछि उनी कार्यालय जान पाएका छैनन् ।
प्रशासकीय अधिकृत साहले माघ २८ मै ‘झोले कर्मचारी’ भन्दै ८३ जनालाई कारवाही गरेका छन् । उनले करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई बर्खास्त गर्नुका साथै केही स्थायी कर्मचारीको ग्रेड रोक्का गर्ने निर्णय गरेका छन् ।
कारवाहीमा परेका कर्मचारीहरू आन्दोलित छन् । उनीहरू नै प्रशासकीय अधिकृत साहलाई आज कार्यालयमा प्रवेश गर्न दिएनन् । उनलाई कार्यालयमा प्रवेश गराउन र शान्ति सुरक्षा दिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेको थियो ।
नगरपालिकामा काम गर्ने वातावरण बनाउन र सुरक्षा दिन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर प्रशासकीय अधिकृत साहले उच्च अदालत जनकपुरमा रिट हालेका छन् ।
अदालतले फाल्गुन १३ मा दुवै पक्षलाई बोलाएर छलफल गराउन पेशी तोकेको छ भने त्यति बेलासम्म कार्यालयमा प्रशासकीय अधिकृत साहलाई पदीय दायित्वअनुसार कामकाज गर्न कुनै किसिमको अवरोध पु¥याउने कार्य नगर्नू/नगराउनू भनी विपक्षीको नाममा आदेश पनि दिएको छ ।

हेर्नुस भिडियो