Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रिंकु सदाको बलात्कार घटना दबाउन पञ्चायत बसेका ८ जना पक्राउ





जनकपुरधाम ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकु सदा मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका संयोजक समेत रहेका मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले बताए । उनले भने, ‘उजुरी परेबाहेकका ८ जनालाई नियन्त्रणमा लिएका छौं ।’
‘नियन्त्रणमा लिएकाहरू पनि पञ्चायतमा सहभागी थिए’, कोइरालाले भने, ‘उनीहरूमाथि पनि अनुसन्धान भइरहेको छ । घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भए उनीहरूमाथि पनि कारवाही हुन्छ ।’
गत माघ २७ मा शौच गर्न गएकी रिंकुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पु¥याएका थिए । उक्त घटना लेनदेनमा मिलाउन पञ्चायत बसेको बिहानपल्ट माघ ३० मा रिंकु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । सुरूमा इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।
पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने ५ पञ्चसहित आठ जनामाथि कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दिएको छ । तर, पुरक जाहेरीमा किटान गरिएका कोही पनि पक्राउ पर्न सकेका छैनन् ।