Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

च्याम्पियन्स ट्रफीमा टस जितेर भारतविरुद्ध पहिले ब्याटिङ्ग गर्दै पाकिस्तान

पाकिस्तानी टिममा एक बदलाव, फखर जमानले पाए प्लेयिङ्ग ११मा स्थान





एजेन्सी ।
जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदै छ ।
दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।
पाकिस्तानका कप्तान मोहमद रिजवानले टस जितेर पहिला ब्याटिङमा जाने निर्णय गरेका छन् । यससँगै भारतले पहिला बलिङको निम्तो पाएको छ ।
यस खेलमा पाकिस्तानले पछिल्लो खेलमा खेलेको टिममा एक परिवर्तन गरेको छ । पाकिस्तानले फखर जमानको स्थानमा इमाम उल हकलाई समावेश गरेको छ ।
भारतले पछिल्लो खेलमा खेलेकै टिमलाई आज खेलाएको छ । जारी च्याम्पियन्स ट्रफीमा भारतले पहिलो खेल जितेको छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो ।