Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कर्मचारीहरुलाई एक हप्ताको प्रगति विवरण पेश गर्न ट्रम्प प्रशासनको निर्देशन





एजेन्सी ।
ट्रम्प प्रशासनले सरकारी कर्मचारीहरुलाई एकहप्ताको प्रगति विवरण पेश गर्न र नगरे राजीनामा दिन निर्देशन दिएको छ ।
शनिबार दिउँसो सरकारी कार्यदक्षता विभाग (डज)का प्रमुख एलन मस्कले इमेल पठाएर एक हप्ताको प्रगति विवरण माग गरेका हुन् । उनले अमेरिकाका सरकारी कर्मचारीहरुलाई पठाएको इमेलको विषयमा लेखिएको छ–गत हप्ता तपाईंले के काम गर्नुभयो ?
राष्ट्रपति ट्रम्पले अर्बपति उद्यमी मस्कलाई सरकारी खर्च कटौती र सेवा प्रवाह चुस्त बनाउने उद्देश्यले गठन गरिएको विभागको प्रमुख पदमा नियुक्त गरेका छन् । उनले सरकारलाई अनावश्यक भार पर्ने कार्यालयहरु र कर्मचारीहरु कटौती गर्ने नीति रहेको बताएका थिए ।
उनले हालै एक्समा लेखेका थिए, ‘कर्मचारीहरुलाई छिटै एक इमेल प्राप्त हुने छ । यसको उद्देश्य कर्मचारीहरुले पछिल्लो हप्ता कुन काम पूरा गरे भनेर जान्नु हो ।’
मस्कले थप लेखेका थिए, ‘यदि तपाईं यो इमेलको जवाफ दिन असफल भएमा तपाईंले राजीनामा दिएको बुझिने छ ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कले पाँच बुँदामा जवाफ दिन भनेका छन् । त्यो जवाफको कपी आफ्नो कार्यालय प्रमुखलाई पनि पठाउन भनिएको छ । कर्मचारीहरुलाई जवाफ दिने अन्तिम समय सोमबार राति १२ बजेसम्म तोकिएको छ ।