

काठमाडौँ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको फोटो प्रयोग गरेर र पद उल्लेख गरेर अनधिकृत रुपमा ट्विटर (एक्स) अकाउन्ट खुलेको भेटिएको छ ।
प्रधानन्यायाधीशको सचिवालयका अनुसार प्रधानन्यायाधीश राउतको कुनै ट्विटर अकाउन्ट छैन । तर प्रधानन्यायाधीश राउतको फोटो प्रयोग गरिएको र पद उल्लेख गरिएको ट्विटर अकाउन्टमा प्रकाश नेपालको नाम उल्लेख गरिएको छ ।
त्यो अनधिकृत अकाउन्ट कस्ले र किन बनायो भन्नेबारे अनुसन्धान भइरहेको प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ ।
उक्त ट्विटर (एक्स) अकाउन्टमा छ दिनदेखि असान्दर्भिक राजनीतिक विषयवस्तुहरू निरन्तर पोष्ट हुँदै आएको देखिएको छ ।
