Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चमेरोमा भेटियो कोरोनाजस्तै नयाँ भाइरस, मानिसमा फैलिने चिन्ता





बेइन्जिगं ।

चिनियाँ अनुसन्धानकर्ताहरूले चमेरोमा नयाँ कोरोनाभाइरस पत्ता लागेको बताएका छन् जसले कोभिड-१९ संक्रमण निम्त्याउने सार्स कोभ-२ (SARS CoV-2) भाइरसजस्तै काम गर्छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो भाइरसले मानव शरीरमा प्रवेश गर्न सार्स कोभ-२ ले जस्तै कोष सतह प्रोटिन प्रयोग गर्छ।

कुनै दिन यो भाइरस मानिसहरूमा पनि फैलिन सक्छ कि भन्ने चिन्ता बढेको छ।

तर चिनियाँ अनुसन्धानकर्ताहरूले यो नयाँ भाइरस सार्स कोभ-२ जत्तिकै सजिलै मानव शरीरमा प्रवेश नगर्ने बताएका छन्।

समाचार एजेन्सी पीटीआईले यो अध्ययनको नेतृत्व चिनियाँ वैज्ञानिक शि झेंगलीले गरेको बताएको छ, जसले विवादास्पद वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पनि काम गरिसकेका छन्।

यो अध्ययन सेल नामक वैज्ञानिक जर्नलमा प्रकाशन भएको छ। यसमा यो नयाँ भाइरसको नाम एकेयू५-कोभ-२ (AKU5-COV-2) भनिएको छ।

अमेरिकाले कोभिड-१९ भाइरस वुहानको यही प्रयोगशालाबाट उत्पन्न भएको आरोप लगाएको थियो। तर चीन सरकारले यो आरोप अस्वीकार गरेको छ।