Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अस्पताल भर्ना भएका क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था गम्भीर





भ्याटिकन सिटी ।

अस्पतालमा उपचाररत क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था गम्भीर बनेको छ। भ्याटिकनले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

पोप फ्रान्सिस लामो समयदेखि दम रोगबाट पीडित छन्। उनका दुवै फोक्सोमा निमोनिया भएको छ।

८८ वर्षीय उनको उपचार रोमस्थित जेमिली अस्पतालमा भइरहेको छ। भ्याटिकनले पोपको अवस्था खतरामुक्त नभएको बताएको छ।

पोप फ्रान्सिसलाई श्वासप्रश्वासको संक्रमणका कारण अस्पताल भर्ना गरिएको थियो। शनिबारदेखि उनलाई सास फेर्न गाह्रो भइरहेको छ।

भ्याटिकनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनको स्वास्थ्य हिजोको भन्दा खराब छ। उनलाई रगत पनि दिइएको छ।’