Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ओडिसाका मुख्यमन्त्रीसंग परराष्ट्रमन्त्री राणाले गरिन् टेलिफोन वार्ता





काठमाडौं ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोन वार्ता गरेकी छन् ।
केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे जानकारी लिन उनले शनिबार माझीसँग टेलिफोनमा कुराकानी गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्री माझीसँग लम्सालको शंकास्पद मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेकी जानकारी दिएकी छन् ।
टेलिफोन वार्ताको क्रममा मन्त्री राणाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि मन्त्री राणाले आग्रह गरेकी छन् ।
यस विषयमा कलेजमा समिति बनेको र त्यहाँ नयाँदिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी खटिएकाले समन्वयका लागि मन्त्री देउवाले मुख्यमन्त्री माझीसँग आग्रह पनि गरेकी छन् ।
मुख्यमन्त्री माझीले घटनालाई ओडिसा राज्यले नै गम्भीर रुपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी गराएका परराष्ट्रमन्त्री सचिवालयले जनाएको छ ।
साथै, उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् ।