Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रायलको शतकमा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

आईसीसी च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र इङ्ग्ल्यान्ड भिड्दै





कराँची ।

ओपनर रायल रिकल्टनको शतकमा दक्षिण अफ्रिकाले आईसीसी च्याम्पियन्स ट्रफीमा विजय सुरुवात गरेको छ।

शुक्रबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध १ सय ७ रनको फराकिलो जित दर्ता गरेको हो।

दक्षिण अफ्रिकाले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रन बनाउँदा अलआउट भयो।

अफगानिस्तानलाई सस्तैमा रोक्न दक्षिण अफ्रिकाका कागिसो रवाडाले ३ विकेट लिए। लुंगि एन्गिडी र वइन मुल्दारले समान २ विकेट लिए।

केशव महाजन र मार्को यानसनले एक एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि पाकिस्तानको कराँचीस्थित नेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १५ रनको योगफल तयार पारेको थियो।

ओपनर रायनले १ सय ६ बलमा ७ चौका र १ छक्का सहयोगमा १ सय ३ रन बनाउँदा रनआउट भए।

कप्तान टेम्बा बभुमाले ५८, रसी भान डेर दुसेन र एडेन मक्रेमले समान ५२ रनको योगदान दिए।

अफगानिस्तानका मोहम्मद नावीले २ विकेट लिए। फजाल्हक फारुकी, अज्मतुल्लाह ओमारजाइ र नुर अहमदले एक/एक विकेट लिए।
जितसँगै दक्षिण अफ्रिका समूह बी को शीर्ष स्थानमा उक्लेको छ।

च्याम्पियन्स ट्रफीमा आज समूह बीका अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको खेल हुनेछ।

यो खेल दिउँसो पौने ३ बजे पाकिस्तानको लाहोरमा सुरु हुनेछ।