

जनकपुरधाम ।
जनकपुरधामका एक १० वर्षिय बालकलाई स्वाथ्य उपचारका लागि श्रीहरि मानव कल्याण मञ्चले आज सहयोग गरेको छ ।
जनकपुरधाम २४ निवासी बालक रोहित महतो भर्यागंबाट लडेर घाइते भएपछि उपचारका लागि श्रीहरि मानव कल्याण मञ्चले ३४ हजार १०५ रुपैया सहयोग गरेको जानकारी मञ्चका अध्यक्ष दिपक श्रेष्ठ मण्डलले दिएका छन् ।
