Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसमा मोबाइल बैंकिंग प्रयोगकर्ता २५ लाख बढी, सबैभन्दा बढी धनुषामा





जनकपुरधाम ।
मधेस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ८०.४८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन ०८०/८१ अनुसार यस प्रदेशमा मोबाइत तथा इन्टरनेट बैंकिङको प्रयोगकर्ताको संख्या २५ लाख ९ हजार १८७ पुगेको हो । आव २०७९/८० मा भने यो संख्या १३ लाख ९० हजार २८५ रहेको थियो ।
प्रतिवेदन अनुसार मधेस प्रदेशको धनुषा जिल्लामा सबैभन्दा बढी मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोगकर्ता रहेका छन् । धनुषामा ४ लाख १२ हजार ६४६, सिरहामा ३ लाख ६९ हजार ६८५, पर्सामा ३ लाख ६५ हजार ११७, सर्लाहीमा ३ लाख १६ हजार ६९३, बारामा ३ लाख ११ हजार ४८९, महोत्तरीमा २ लाख ५३ हजार ९०१, सप्तरीमा २ लाख ५१ हजार ७२० र रौतहटमा २ लाख २७ हजार ९३६ जना मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता हुन् ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार यस अवधिमा प्रदेशको विभिन्न स्थानीय तहमा बैंकको शाखा र एटिएमको संख्यामा समेत वृद्धि भएको हो । राष्ट्र बैंकको प्रतिवेदन अनुसार २०८१ साल असार मसान्तसम्ममा मधेसमा कुल १ हजार ७५७ वटा बैंकको शाखा पुगेको छ भने एटिएमको संख्या ४८३ पुगेको हो ।
मधेस प्रदेशको विभिन्न जिल्लामा सञ्चालनमा रहेको शाखामध्ये वाणिज्य बैंकको ५८१, विकास बैंकको ८४, वित्त कम्पनीको ५१ र लघुवित्त वित्तीय संस्थाको १ हजार ४१ वटा शाखा रहेको छ ।
प्रतिवेदन अनुसार धनुषामा सबैभन्दा बढी बैंकको शाखा रहेको छ । धनुषामा विभिन्न बैंक तथा वित्तिय संस्थाको २सय ५१वटा शाखा रहेको छ । यस्तै, बारामा २४८, सर्लाहीमा २३९, सिरहामा २३१, महोत्तरीमा २२०, पर्सामा १९६, सप्तरीमा १९४ र रौतहटमा १७८ वटा शाखा छन् ।
यस्तै प्रतिवेदनअनुसार धनुषामै एटिएम मेशिनको संख्या सबैभन्दा बढी रहेको छ । धनुषामा ८४ वटा एटिएम मेशिन रहेको छ भने पर्सामा ८१, बारामा ७३, सिरहामा ६८, सर्लाहीमा ४६, महोत्तरीमा ४६, सप्तरीमा ४४ र रौतहटमा ४१ वटा एटिएम मेसिन रहेको छ ।