Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द





काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण कार्यक्रम अन्तिम समयमा रद्द भएको छ ।
छिमेकी भारत जारी महाकुम्भ मेलाको अवसर पारेर उनी बिहीबार दिउँसो भारत जाने तयारी थियो । उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा अहिले महाकुम्भ लागिरहेको छ ।
त्यही सन्दर्भमा उनी भारत जाने तयारी थियो तर त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट नहुने भएपछि भ्रमण रद्द भएको हो । उनले भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीसँग पनि भेट्ने तयारी गरेका थिए । तर त्यो नहुने भएसँगै देउवाको भारत भ्रमण रद्द भएको हो ।
सभापति देउवालाई इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताको रूपमा आमन्त्रण गरेको थियो । त्यही कार्यक्रममा सहभागी हुँदै उनी प्रयागराजबाट दिल्लीसमेत जाने तयारी थियो ।
इन्डिया फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार र शनिबार आयोजना हुन गइरहेको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तयारी थियो ।