Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता, भोलि शपथ





नयाँदिल्ली ।

भारतीय जनता पार्टी (भाजपा) ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो ।

ओमप्रकाशसहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

नयाँदिल्लीको सत्तामा भाजना २७ वर्षपछि पुनरागमन गरेको हो ।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ ।

गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए ।

गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।