Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा प्रणव कुमार यादवलाई कायम गर्न अदालतको आदेश





जनकपुरधाम ।
मधेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामको निमिति निर्देशकमा प्रणव कुमार यादवलाई कायम गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८१/०९/२८ गते १०औँ तहका प्रणव कुमार यादव लाई आर्थिक तथा प्रशासनिक अधिकार सहित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित निर्देशकको रुपमा कामकाज गर्न खटाइएको थियो । तर त्यसको एक दिन नबित्दै २०८१/०९/२९ गते मधेसको स्वास्थ्य मन्त्रालयले उनलाई हाजिरी हुन नहुने दिने गरी पत्र लेखेको थियो । यद्यपि  यादव सोही दिनदेखि हाजिर भई प्रयोगशालामा कार्यरत रहेका छन् ।
उच्च अदालत जनकपुरले प्रणवको पक्षमा फैसला दिएप्छि उनी जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकमा कायम भएका हुन् ।
प्रयोगशालाका तत्कालिन निमित कार्यालय प्रमुख कुमार मृत्युन्जय प्रसादले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रमुख सचिव र प्रणव कुमार यादवलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा उत्प्रेषण परमादेशको मुद्धा दायर गरेका थिए । २०८१/११/०६ गते अदालतमा भएको सुनुवाईबाट कुमार मृत्युञ्जय प्रसादको पक्षमा अदालतले अन्तरिम आदेश दिन मानेन ।
निमित निर्देशक प्रणव यसअघि दुई बर्ष देखि कोशी प्रदेशस्थित जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरको निमित निर्देशक पदमा कार्यरत रहेका थिए ।