Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अध्यादेशको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय





काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो । ‘अध्यादेशलाई समर्थन गर्न सकिने अवस्था छैन । त्यसैले प्रक्रियामा लगिए विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं,’ प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वालाले भने ।
उनका अनुसार देशको हितमा नभएकाले अध्यादेश अस्वीकृत गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘नियमित संसदमा नल्याएर अध्यादेश ल्याउनुको पछाडि गलत नियतले काम गरेको छ । अन्तर्वस्तुमा पनि सहमति जनाउन सकिने अवस्था छैन’, ज्वालाले भने ।