Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो





टोरन्टो ।

क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना सवार विमान अवतरणका क्रममा पल्टिएको छ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय सोमबार दिउँसो २:४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको हो।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेमा एक बालक र दुई वयस्क छन्।

एफएएका अनुसार सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन।

क्यानडाकी यातायात मन्त्रीले यो ‘गम्भीर घटना’मा नजर राखेको बताइन्।