Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा जोडिएका एक भारतीय युवक पक्राउ





ओडिसा ।
भारतको ओडिसा राज्यको केआइआइटीमा बीटेक तेस्रो वर्षमा पढिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘आत्महत्या’मा जोडिएर एक युवा पक्राउ परेका छन् ।
भारतीय मिडिया संवादका अनुसार अदभिक श्रीवास्तव पक्राउ परेका छन् । उनलाई संवादले केटा साथी भनेर चिनाएको छ ।
हालसालै सार्वजनिक भएको एक अडिओमा प्रकृतिलाई धम्काउने श्रीवास्तवको अडिओ भाइरल भएको पनि संवादले उल्लेख गरेको छ । प्रकृतिले केआइआइटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा श्रीवास्तवको बारेमा उजुरी पनि दिएको तर कुनै सुनुवाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
संवादसँग कुरा गरेको भारतीय प्रहरीले मृतकको परिवारलाई जानकारी दिइएको, शंकास्पद व्यक्ति पक्राउ गरिएको र के कारणले मृत्यु भएको हो भन्नेमा अनुसन्धान भइरहेको बताएको छ । केआइआइटीले भने आत्महत्या भएको भन्दै सार्वजनिक सन्देश राखेको छ । केआइआइटीले नेपाली विद्यार्थीलाई निस्कन पनि उर्दी जारी गरेको भिडिओ सार्वजनिक भएको छ ।