Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइपीएलको तालिका सार्वजनिक, उदघाटन र फाइनल खेल इडेन गार्डेनमा हुने





एजेन्सी ।
साबिक विजेता कलकत्ता नाइट राइडर्सले आफ्नो मैदान इडेन गार्डेनमा २२ मार्चका दिन इन्डियन प्रिमियर लिग (आइपीएल)को उद्घाटन खेल आयोजना गर्दैछ ।
सोही मैदानमा २५ मे मा फाइनल खेल हुनेछ । २३ मे मा दोस्रो क्वालिफयर पनि सोही मैदानमा हुनेछ । इडेन गार्डेनमा १० वर्षको अन्तरालमा फाइनल खेल हुन लागेको हो । यसअघि सन् २०१३ र २०१५ को फाइनल खेल आयोजना भएको थियो । यो सिजनको पहिलो क्वालिफायर र इलिमिनेटरका खेल भने हैदरावादमा आयोजना हुनेछन् । गत संस्करणको उपविजेता सनराइजर्स हैदरावाद हो ।
आइपीएलमा ७४ खेल हुँदैछन् । पहिले खेलमा कलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बंगलोरकाबीच प्रतिस्पर्धा हुनेछ । भारतका विभिन्न १३ मैदानमा खेल सञ्चालन हुनेछ । १० गृह मैदानका साथ विराखपटना, धर्मशाला र गुहावटीमा पनि खेल हुनेछ ।