काठमाडौँ ।
शनिबार पोखरामा भएको ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटनमा बेलुन विस्फोटबारे ८ सदस्यीय छानबिन समिति गठन भएको छ ।
शनिबार पोखरा महोत्सव उद्घाटनका क्रममा उडाउन ठिक्क पारिएको बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए ।
गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट छानबिन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिम्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीसहित छन् ।