Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ?





काठमाडौं ।
सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकमा जनता समाजवादी पार्टी (नेपाल) अनुपस्थित भएको छ ।
आइतबार बिहान सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा बसेको थियो । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा अध्यादेश अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।
तर, जसपा नेपालबाट उपस्थिति रहेन । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार अनुपस्थित रहेता पनि टेलिफोनमा संवाद भएको छ ।
‘उहाँहरूसँग पनि छलफल भएको छ । हिजो (शनिवार) पनि छलफल भएको छ । उहाँहरू आज (आइतबार) बाहिर भएको कारणले गर्दा यहाँ (सत्तापक्षका प्रमुख सचेतकहरूको छलफलमा) आउन सक्नुभएन । तर हाम्रो टेलिफोनमा संवाद, छलफल भएको छ,’ बर्तौलाले भने ।
अध्यादेशलाई स्वीकृत गरेर अगाडि जानका लागि समस्या नहुने विश्वास रहेको एमालेका मुख्य सचेतक बर्तौलाले पटक–पटक दोहो¥याए । राजनीतिक दलले नीति निर्माण गर्ने सन्दर्भमा आफ्नो मत राख्नु स्वभाविक रहेको बताए ।
उनी थप्छन्, ‘पाँच वटामा उहाँहरूले समस्या छैन भन्नुभएको छ । भूमिसँग सम्बन्धी अध्यादेशमा उहाँहरूले केही फरक मत छ । त्यो के हो कन्ेटन आएपछि आउने हो । छलफल गरेर त्यसलाई पनि समावेश गर्न सकिन्छ ।’