Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला





भद्रपुर।

नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन् ।

झापा भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

‘शव आज बिहानको हो । घटनाबारे परिवारलाई जानकारी दिइसकिएको छ’, चौहानले भने, ‘सो सम्बन्धमा अनुसन्धान कार्य जारी छ ।’

प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक चौहानले  बताए । घटनाको थप अनुसन्धान अघि बढाएको छ।