Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय





काठमाडौं ।
सत्तारुढ दलका प्रमुख सचेतकहरूले संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अगाडी बढाउन पहल लिने निर्णय गरेका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार बिहान सिंहदरबारमा सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठक बसेको थियो । एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलका प्रमुख सचेतकको उपस्थिति थियो ।
बैठकपछि बर्तौलाले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसद्मा विचाराधीन सबै विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको जानकारी दिए ।
‘संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउने विषयमा छलफल भएको छ’ उनले बताए । चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले पनि बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । उनका अनुसार महत्वपूर्ण विधेयक अगाडि बढाउन पहल लिने निर्णय भएको छ ।