

जनकपुरधाम ।
मोडेल कलेज अफ ल को जनकपुरधाममा शुभारम्भ भएको छ । पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार नीलमणि पोखरेलले पर्दा हटाएर आज एक औपचारिक समारोह बिच उदघाटन गर्नु भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले मोडेल कलेज अफ ल लाई वीएएलएलवी (५वर्षे) पढाइको मान्यता दिएपछि आजदेखि नामांकन सहितका सम्पूर्ण कार्यक्रम शुरु भएको छ ।
सो अवसरमा पूर्व मन्त्री रामसरोज यादव, प्रदेश सांसद रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह, मोडेल कलेजका संस्थापक वीरेन्द्र साह, मोडेल खबरका सल्लाहकार प्रा. डा. सुरेन्द्र लाभ लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
समारोहमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

