Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल बर्न अस्पतालमा भर्ना





काठमाडौ।

पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको हात र अनुहारमा चोट लागेको छ । उनलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।

प्रेस सल्लाहकार भुवन केसीले भने, ‘चोट सामान्य छ । तर, थप केही असर नपुगोस् भनेर एक पटक जाँच गराउन अस्पताल लगिएको हो ।’

यसअघि पौडेलको गण्डकी अस्पतालमा उपचार गरिएको थियो । भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुक पड्किँदा पोखरा महानगरपालिका मेयर धनराज आचार्य पनि घाइते भएका छन् । उनलाई पनि काठमाडौँ ल्याइएको छ ।