Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुरक्षित आवास परियोजनाको बैठक जनकपुरधाममा सम्पन्न, परियोजनालाई अझै प्रभावकारी बनाउने सम्बन्धमा निर्णय





जनकपुरधाम ।
हैबिटेट नेपालको सहयोगमा सिआइसी धनुषाद्वारा सञ्चालित सुरक्षित आवास परियोजनाको जनकपुरधाममा बैठक बसी परियोजनालाई अझै प्रभावकारी बनाउने सम्बन्धमा निर्णय गरियो ।
सो परियोजना धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र शहीदनगर नगरपालिकामा सञ्चालित रहेको छ । अति विपन्न र भूमिहिनहरुलाई सुरक्षित आवास, भूमिहिनहरुलाई जग्गाधनी प्रमाण पूर्जा दिनका लागि पहुँच बढाउने, विपत जोखिम न्यूनिकरण, वितिय साक्षरता, खानेपानी सरसफाइ र स्वच्छता कार्यक्रम साथै क्षमता अभिवृद्धि कार्यक्रम परियोजना अन्तर्गत चलिरहेको छ ।
सञ्चालित कार्यक्रम बारे जानकारी भइ अगामी दिनमा समितिले दूइटै पालिकामा सञ्चालित परियोजनाको कामकाजको अवलोकन भ्रमण गरी परियोजनालाई प्रभावकारी बनाउन सुझाब दिइनेछ । आएको सुझाब अनुसार कार्यक्रमलाई अझै प्रभावकारी बनाइनेछ । समिति जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको संयोजकत्वमा रहेको छ ।
समारोहमा जिल्ला समन्वय समिति धनुषाका सभापति मण्डल, गणेशमानचारनाथ नगरपालिकाका प्रमुख जीतनारायण यादव, शहीदनगरपालिकाका उपप्रमुख सुनिताकुमारी सिंह, दूबै नगरपालिकाका वडाध्यक्षहरु, आदिवासी जनजाती महासंघका वीरेन्द्रसिंह दनुवार, गैसस महासंघका केन्द्रिय सदस्य धीरेन्द्रबहादुर सिंह, हैविटेट नेपालका पूर्वी कार्यालय प्रमुख पंकजकुमार साह, सैयद मोहम्मद नसिम सरवर, भूमि आयोगका अध्यक्ष सुरेश कोइराला, पूर्व प्रवक्ता रामगोविन्द यादव, सिआइसी धनुषाका अध्यक्ष संजय साह लगायतको उपसिथति रहेको थियो ।