Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाराको कलैयास्थित सुधारकेन्द्रमा कुटाकुट, एक जनाको मृत्यु





काठमाडौं ।
बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनस्र्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार कलैया उपमहानगरपालिका–९ का धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको निधन भएको हो । सुधार केन्द्रमा गए राति २ बजे कुटपिट भएको थियो ।
मृतक मण्डल सुधार केन्द्रमा गत १५ दिनअघि भर्ना भएका थिए । सुधार केन्द्रमा भएका अन्य व्यक्तिसँग उनले वादविवाद गरेपछि कुटपिट भएको बताइएको छ ।
कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो । त्यहाँ नै चिकित्सकले उनको मृत्यु घोषणा गरेको एसपी तामाङले बताए । कुटपिटमा संलग्न अन्य ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सरार्फ, कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया–१ का २४ वर्षीय अरुण सरार्फ, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्ता रहेका छन् ।